नेविसंघ महाधिवेशन बारे दिउँसो १२ः४५ बजे संघको पत्रकार सम्मेलन आयोजना

११ मंसिर २०७५, मंगलवार ११:०७

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने गरी नेविसंघले नयाँ मिति तय गरेको हो ।

महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गर्दैछन् । आगामी १२ औं महाधिवेशनबारे दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको नेविसंघले जानकारी दिएको छ ।