नेप्सेमा साढे पाँच अङ्कको गिरावट ।

६ माघ २०७७, मंगलवार १६:३८

 

काठमाण्डाै , पछिल्लो आठ दिनदेखि लगातार बढिरहेको शेयर बजार मङ्गलबार भने घटेको छ ।

अघिल्लो मङ्गलबार २२ सय ५८ विन्दुमा रहेकाे नेप्से लगातार बढेर सोमबारसम्म २३ सय ३२ विन्दुमा पुगेको थियो । नेप्से मङ्गलबार पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ ।

व्यापार फाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । बैंक र जलविद्युत् समूहको शेयर आठ अङ्कले, होटल समूहको २६ अङ्कले, विकास बैंकको २४ अङ्कले, उत्पादनको ३९, निर्जीवन बीमाको १ सय २४ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ ।