नेपोलियन बोनापार्टको महत्वपूर्ण १५ भनाईहरु ‘असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।’

२८ मंसिर २०७७, आईतवार ०८:३५

नेपोलियन बोनापार्टको जन्म अगस्ट १५, १७६९ मा कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा भएको थियो ।

उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६औं सताब्दीमा कोर्सिका आएर बसे। राम्रो शैक्षिक योग्यता प्राप्त गरेका उनी अध्ययनमा गहिरो रुचि राख्दथे। भएको हो । उनी एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए ।

उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए।

उनको मृत्यु मे ५, १८२१मा भएको हो । सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्।

१। तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२। संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।

३। असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।

४। अवसरविना क्षमता केही होइन ।

५। एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

६। कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।

७। एकजनाले गर्न सक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।

८। त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।

९। मर्नुभन्दा सहेर बाँच्नको लागि बढी हिम्मत चाहिन्छ ।

१०। यदी तिमी सफल हुन चाहान्छौँ भने, सबै कुरामा प्रतिबद्ध बन तर आफ्नो योजना अरुलाई नबाँड ।

११। निरन्तर अभ्यस गरिने मानिसले विजय प्राप्त गर्छ ।

१२। जो व्यक्ति जित्नको लािग अगाडि बढ्न डराउँछ, त्यो व्यक्तिको हार निश्चित हुन्छ ।

१३। बेवकुफ व्यक्ति विगतको कुरा गरेर बस्छ, बुद्धिमान व्यक्ति वर्तमानमा व्यस्त रहन्छ र मुर्ख व्यक्ति भविष्यका गफ मात्र हाँकेर बस्छ ।

१४। तिमिीले आफ्नो पखेटा नखोलुन्जेल, तिम कति माथि उड्न सक्छौँ भन्ने थाहा पाउन सक्दैनौँ ।

१५। ठूलो सफलता हासिल गर्नका लागि आफ्नो मूख्य सत्र हरेक १० बर्षमा परिवर्तन गर्नुपर्दछ ।