नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो

३ फाल्गुन २०७६, शनिबार १६:५२

File Photos: THT

काठमाडौँ , नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन लगायतका पदमा कर्मचारी माग गरेको हो ।