नेपाल विद्यार्थी संघले ‘उल्टो जुलुस’ निकाल्ने

२३ पुष २०७७, बिहीबार १२:३१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध आन्दोलन गर्ने क्रममा उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको छ। भोली शुक्रबार दिउँसो १ः०० बजे माइतीघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको हो। संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गरिरहेको जानकारी दिए।