नेपाल र कम्बोडियाबीच हुने हवाई सम्झौताको प्रस्ताव मन्त्रिपरिषदमा

२९ कार्तिक २०७५, बिहीबार १४:२३

काठमाडौं–

नेपाल र कम्बोडियाबीच गर्न लागिएको हवाई सम्झौताको प्रस्ताव मन्त्रिपरिषदमा दर्ता भएको छ। संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हवाई सम्झौता गर्ने प्रस्ताव बिहीबार मन्त्रिपरिषदमा दर्ता भएको हो।

कम्बोडिया र नेपालबीच पहिलो पटक हवाई सम्झौताको हुन लागेको हो। कम्बोडियाका प्रधानमन्त्री साम्देच अक्का मोहा सेना पादेइ देचो हुन सेन को नेपाल भ्रमणको समयमा दुई देशबीच पहिलो पटक हवाई सम्झौता गर्ने तयारी भएको छ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन यही नोभेम्बर ३० मा राजकीय भ्रमणका रुपमा नेपाल आउँदैछन्। सोही अवसर पारेर दुई देशबीच हवाई सम्झौता हुन लागेको हो। हवाई सम्झौताको तयारी भए पनि कुन देशले कति उडान गर्ने लगायतका विषयमा भने मन्त्रालयले खुलाएको छैन।