नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष र साउदी अरबका लागि नेपाली राजदूत बीच आर्थिक वृद्धिबारे छलफल

२ भाद्र २०७६, सोमबार ११:०४

काठमाण्डौं, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबका लागि महामहिम नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् ।

चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियाका लागि नेपाली राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले बैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख गन्तव्य भएको उल्लेख गर्दै दुतावासले खेल्दै आएको भुमिकाको सहहना गरे । उनले दुई देश बीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपनकरिा राख्दै दुई देशका उद्यमी व्यवसायी बिचमा द्धिपक्षीय व्यापार एंव आर्थिक सम्बन्ध विस्तार गरि नयाँ व्यावशायिक अवसरहरुको संंभावना पहिचान गर्नुपर्ने बताए ।

सन् २०२० फेब्रुअरी २५ देखि २९ सम्म हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबीयाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । नेपाल र साउदी अरेबिया बीच आर्थिक एंव व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा संभावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्न चाहने साउदी अरबियनका लागि नेपाल उपर्युक्त स्थान भएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

भेटमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न साउदी नागरिकका लागि प्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए । उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको पनि बताए ।

यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतका लागि नेपाली दूताबासका मिनिस्टर इकोनोमिक नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट भएको छ । सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबद्र्धन सँगसँगै जानुपर्ने स्थिती रहेको बताए । अध्यक्ष श्रेष्ठले भारतमा व्यापार ÷उद्योग विगत केहि वर्षदेखि उल्लेखनिय रुपमा बढेकाले त्यसको फाइदा नेपालले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गर्न आग्रह गरे ।

भेटमा भारतका लागि नेपाली मिनिस्टर (इकोनोमिक)पोखरेलले नेपाली उद्योग÷व्यवसायको सहजीकरणको लागि आफू प्रयत्नशील रहने र निजी क्षेत्रसँगको सहकार्य आवश्यक एंव अनिवार्य रहेको हुँदा निजी क्षेत्रबाट समस्या एंव सुझाब सहितको अपेक्षा राखेको बताईन् ।

दुबै भेटमा अध्यक्ष राजेश काजी श्रेष्ठ सहित चेम्बर अफ कमर्शका पदाधिकारी, वस्तुगत तथा आबद्ध संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।