नेपाल खुला दिसामुक्त देश घोषित

१३ आश्विन २०७६, सोमबार १८:०३

काठमाण्डौ , नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण दिसामुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

उहाँले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता मिलेको बताउनु भयो ।