नेपाल कम्युनिस्ट पार्टी ने क पा को स्थायी कमिटी बैठक सर्ने

११ कार्तिक २०७५, आईतवार १२:२६

 

काठमाडौं । गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले काम नटुंग्याएका कारण कात्तिक १३ र १४ गतेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी ने क पा को स्थायी कमिटी बैठक सर्ने भएको छ । विधानतः तीन महिनामा बस्नुपर्ने ने क पाको स्थायी कमिटीको बैठक गत २१ असारयता बस्न सकेको छैन ।

बिहीबार बसेको सचिवालय बैठकले नेताद्वय बादल र पौडेललाई प्रदेशको नामावली तयार पार्न र केन्द्रीय सदस्यको कार्यविभाजनको खाका तयार पार्ने जिम्मा दिएको थियो ।
पार्टीको चियापानलगाायत अन्य गतिविधिमा व्यस्त रहनु परेकाले कार्यदलले दुई पटक मिटिङ बस्ने बाहेक प्रस्ताव तयार पार्न सकेको छैन ।

त्यस्तै, ने क पाका कतिपय स्थायी कमिटी सदस्यहरु विदेश भ्रमणमा छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ र रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा छन् । त्यस्तै, गृहमन्त्री बादल पनि सोमबार मुलुक बाहिर जाने कार्यक्रम रहेको ने क पाले जनाएको छ ।