नेपाल कम्युनिष्ट पार्टी नेकपामा भद्रगोल

१९ भाद्र २०७५, मंगलवार ११:१९

केपी ओली र पुष्पकमल दाहालले पार्टी एकता संगै आफूलाई एउटै जेटको जोर पाइलट घोषणा गदै पार्टी एकता गरेको पनि तिन महिना भन्दा पनि बढि भइसक्यो ।तर पार्टी भावनात्मक रुपमा एकता भएको देखिदैन । अहिले पार्टी भित्र विबाद चुलिदै गएको छ । दुई पार्टी एकता पछिको राजनीतिक अवस्था त्यति सन्तोषजनक भएको देखिदैन । किन भने तल देखि माथि सम्म नेता कार्यकताको नेतृत्व ब्यवस्थापन चुनौतिका रुपमा देखा परेको छ ।

शीर्ष तहका नेताहरु गुट उपगुट बनाएर लागीरहेका छन । नेकपामा अहिले भद्रगोल छ ।भूगोलका ७ प्रदेश , ७७ जिल्ला , ४ बिशेष जिल्ला र २२ जनसंगठनको एकता कार्यदलले अन्तिम कसरत गरिरहेको छ । दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकताले सुरु सुरुमा जनतामा उत्साह जागेको थियो । अहिले नेता कार्यकर्ताको पदमा भाग बन्डा नमिले पछि पार्टी भित्र बिबाद चुलिदो अवस्थामा छ । मुलुकको सबै भन्दा ठूलो दल नेकपाले अव देश र जनता प्रति गंम्भिर भएर सोच्नु पर्ने आबश्यकता देखिएको छ । जनताले यो पार्टी बाट ठूलो आश गरेर बसेका छन । सरकारको नेतृत्व पनि यो पार्टीले गरिरहेको छ । यो दुई तिहाइको सरकार हो । यो पार्टीलाई पाँच बर्ष सम्म सरकार चलाउने अधिकार जनताले दिएका छन । त्यस कारण पनि पार्टी जनता प्रति ईमान्दार हुनु पर्छ । पार्टी भित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढनु पर्ने चुनौति देखिएका छन ।