नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच सहमति , अब ग्यास सहजै पाइने

२२ फाल्गुन २०७५, बुधबार ११:५७


काठमाडौं , नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग संघबीच सहमति भएको छ। मंगलबार भएको समझदारीअनुसार ग्यास उद्यमी व्यवसायीले आजदेखि नै आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्‍चालन गर्ने भएको हो । खाना पकाउने एलपी ग्यासको बिक्री वितरण अब सहज हुने भएको छ।

संघको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र संघका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो। उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।