नेपाली सेनाले रद्द गर्यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

२२ चैत्र २०७६, शनिबार ०९:१४

काठमाडौँ । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ।

सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो।

यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो। सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो।

‘१७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डरलाई हामीले रद्द गरेका छौं, ‘सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने,’सरकारले जिटुजी प्रक्रियामार्फत् सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत् नै स्वास्थ्य सामग्री खरिद गर्छ।’

सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा सेनालाई अगाडि सार्ने तयारी गरेको छ।