नेपाली समर्थकलाई निराश बनाउने छैन – ह्वाटमोर

९ माघ २०७७, शुक्रबार १५:५६

काठमाडौं । “नेपाल आउँदा धेरै खुसी लागेको छ । नेपाली खेलाडीलाई मैले लामो समयदेखि नियालिरहेको छु । नेपाललाई ठूलो सफलता दिलाउँछु भन्न सक्दैनँ तर, नेपाली समर्थकलाई निराश बनाउँदैन,” डेभ ह्वाट्मोरले बिहीबार आयोजना भएको पत्रकार सम्मेलनमा हसिलो मुहारसँगै भने ।

नेपाली क्रिकेटको मुख्य बागडोर सम्हाल्न आएका उनले नेपालमा आएपछि टिमलाई सफलतातर्फ लिने आफ्नो मुख्य योजना भएको बताए । गत पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाट्मोर बिहीबारबाट अफिसियल रुपमा नेपाली टोलीको मुख्य प्रशिक्षका रुपमा नियुक्त भएका छन् ।लामो समय विश्व क्रिकेटमा राज गरेका मुख्य प्रशिक्षक ह्वाट्मोरले श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि पनि दिलाएका थिए । नेपाली क्रिकेटको आवश्यकता नियालेर आफ्नो अनुभव अब नेपाली क्रिकेटमा लगानी गर्ने बताए