नेपाली मुलका खेलाडीहरु सम्मिलित निप्जोम पोर्तुगललाई स्वर्णकप

२७ श्रावण २०७६, सोमबार १२:५१

 

बेल्जियम , नेपाली मुलका खेलाडीहरु सम्मिलित निप्जोम पोर्तुगलले सेभेन ए साईड युरोप समर कप फूटबल टुर्नामेण्टमा स्वर्ण कप जितेको छ । एनबीएफसी बेल्जियमको आयोजनामा अगस्ट ११ तारिखमा बेल्जियम स्थित लुभेन शहरमा सम्पन्न खेलमा उक्त टोललिे कप उचालेको हो । युरोपमा छरिएर रहेका फुटबल खेलाडीहरू बिच मित्रता अभिबृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । यूरोपका बेल्जियम , पोर्तुगल , स्पेन , फ्रान्स , लग्जम्वर्ग र नेदरल्याण्डमा रहेका क्लबको सहभागिता रहेको उक्त खेलमा ११ टिमले भाग लिएका थिए ।

बेल्जियमका लागि नेपाली राजदुत लोक वहादुर थापाको प्रमूख आतिथ्यमा खेलको शुभारम्भ भएको थियो । उक्त प्रतियोगिता एन बि एफ सि क्लवका अध्यक्ष एंव नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी ज्ञानु थापाको अध्यक्षतामा भएको थियो ।

उक्त प्रतियोगिताको संचालन क्लवका महासचिव एंव प्रतियोगिताका संयोजक बुद्ध बस्नेतले गरेका थिए । कार्यक्रममा क्लबका तर्फवाट खेम राज कार्की , नबिन नेपाल , पेमा भुटीया , बल बहादुर थापा , भक्त सुब्बा, तुङ्गा निरौला , राजेश सुब्बा, राजु श्रेष्ठ , सुनिता बस्नेतले स्वंय सेवकको भूमिका निभाएका थिए ।

दर्शक एंव खेलाडीहरू गरी करीव २५० को ऊपस्थितीमा सम्पन्न उक्त प्रतियोगितामा गैर आवासिय नेपाली संघ बेल्जियमका वरिष्ठ उपाध्यक्ष कमल पन्थी, प्रथम उपाध्यक्ष गोविन्द अधिकारी ,महासचिव आङमाया लामा , आइ सी सी सदस्य पदम गुरूङ , गैर आवासिय नेपाली संघ स्पेनका अध्यक्ष चिन्तामणि सापकोटा ,द हिमालयन सोसार्इटी, सेन्त्रोदिनका अध्यक्ष सोताङ तामाङ , द हिमालयन सोसाइटीका भूतपूर्व अध्यक्ष एंव ठकुरी समाजका महासचिव कुम शाही , मगर समाजको तर्फवाट नेत्र मगर , विरमान घर्तिमगर , सिक्लेश पार्चे कल्याण कोषका पदाधिकारीहरू , तमु समाज अध्यक्ष नन्द कुमारी गुरूङ , जनसम्पर्क समिति वेल्जियमको निवर्तमान अध्यक्ष सुवाश जोशी ,बाग्लुङ्ग समाजका अध्यक्ष गंगा शर्मा , किरात समाजका पदाधिकारीहरू , पूर्वेली समाजका पदाधिकारीहरू र झापाली समाजका महासचिव भेषराज श्रेष्ठ उपस्थित रहेका थिए ।

प्रतियोगिताको फाइनलमा नेप्जुम पोर्तुगलले सिक्लेश एल ए टाइगर वेल्जियमलाई २ को विरूद्द ३ गोल गर्दै नतिजा आफ्नो हातमा पार्न सफल भयो । प्रतियोगितामा ५ गोल गर्दै नेप्जुम पोर्तुगलका वचन आले मगर टप स्कोरर भए भने नेप्जुम पोर्तुगलकै राकेश गुरूङ वेष्ट प्लेयर घोसषत भए ।

प्रतियोगिताको विजेता टिमले १५०० युरो र दोश्रोले १००० युरो पुरस्कार पाए भने प्रतियोगितामा टप स्कोरर , टप गोलकीपर , वेष्ट प्लेयरलाइ पनि १०० युरोका साथ ट्रफि मेडल र प्रमाण पत्रवाट सम्मानित गरिएको थियो । उक्त प्रतियोगिताका सम्पूर्ण ट्रफि र मेडल इसाकी सुशी हासल्टका संचालक कृष्ण सिम्खडाले प्रायोजन गरेका थिए ।

प्रतियोगिताको फार्इनल टिमका विजेता निप्जोम पोर्तुगललाइ प्रथम पुरस्कार ट्रफि एन बि एफ सि भेट्रान्स परिवार अध्यक्ष ज्ञानु थापा लगायतका राजु श्रेष्ठ, बल बहादुर थापा , खेम राज कार्की , नविन कुमार नेपाल , सूर्य ढकाल , सुर्दशन सिम्खडा , भक्त सुब्बा , वुध्द वस्नेत , तुङ्गा निरौला ,राजेश सुब्बाले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । प्रतियोगितामा नेपाली खानाका लागि वसन्ति ब्लोनले स्टल संचालन गरेकी थिईन् ।