नेपाली महिलाले लगाउँछन् हरेक बर्ष ३६ करोडको चुरापोते जापान र अमेरिकासम्मको

४ भाद्र २०७५, सोमबार १४:१६

भदौ ४, काठमाडौं ।

एक वर्षमा नेपाली महिलाहरुले ३५ करोड ९७ लाख १७ हजार रुपैयाँको विदेशी चुरापोते र टीका लगाएका छन् । आर्थिक वर्ष २०७४र०७५ मा ३१ लाख ३७ हजार ३ सय ५३ किलोग्राम चुरापोते तथा टीका भित्रिएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात भएको छ । नेपालको ब्यापार घाटा पनि सबै भन्दा बढी भारतसँग नै छ । चुरापोते जस्ता श्रृङ्गारका सामान विशेषगरी चाडबाडमा बढी प्रयोग हुने गरेको छ ।

नजिकिदै गरेको तीजमा पनि चुरा आयात बढी हुने देखिएको छ ।

चीनबाट ५ करोड ६ लाख १२ हजार रुपैयाँको चुरापोते आयात भएको हो । चेक रिपब्लिका, जापान लगायतका देशबाट पनि यस्ता सामान आयात भएको छ । यो वर्ष ११ वटा मुलुकबाट चुरापोते आयात भएको छ ।

(स्रोत : रातोपाटी)