नेपाली चलचित्रका अभिनेता राजेश हमाल ‘मैले चोट खाँदा’ म्युजिक भिडियोमा

२७ कार्तिक २०७६, बुधबार १३:०८

काठमाडौं , नेपाली चलचित्रका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् । अभिनेता हमाल ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।

रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेशको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ ।

लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँकार रामेस्वर कार्की हुन् ।