नेपाली कांग्रेसको बैठक स्थगित

४ पुष २०७६, शुक्रबार १४:३४

काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार फेरि स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग सहमति जुट्न नसकेका कारण बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको बताउनु भयो । उहाँका अनुसार अर्को बैठक पुस १० गते बस्‍नेछ ।