नेपाली काँग्रेसले क्षेत्र नं. १ काभ्रेका समृद्ध र पारदर्शी समाज निर्माण चाहन्छन् : तीर्थ लामा

६ मंसिर २०७४, बुधबार १६:२५

मंसिर ६, काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको माहोल राजनीतिक दलहरु प्रचारप्रसारलाई व्यापकता दिइएको छ । त्यस्तै काभ्रे जिल्लामा पनि आक्रमक शैलीमा प्रचार तथा चुनावी सभाहरु भइरहेको छ ।

 

यसैबीच काभ्रे निर्वाचन क्षेत्र १ मा पनि लोकतान्त्रि गठबन्धन र वाम गठबन्धनको चर्को प्रतिस्पर्धामा चुनावी प्रचारप्रसार तथा सभाहरु भईरहेको छ । क्षेत्र नं. १ अन्र्तगत प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार भएका तीर्थ लामा आफ्नो पक्षमा मत ल्याउन लोकप्रिया गुरुयोजना सहित जनताको घरदैलौमा पुगेका छन् । पूर्व सांसद समेत रहेका तीर्थ लामा आफुले त्यस ठाउँको विकास निर्माण र समस्याका बारेमा पूर्ण जानकारी रहेकोले आगामी दिनमा त्यो अपूरो काम गर्ने अवसर प्रदान गर्न आम मतदातालाई आग्रह गर्दै भोट मागेका छन् ।  लोकतन्त्रको मूल्यमान्यतालाई संस्थागत गराउन, युवा रोजगार तयार गर्न, विकास निर्माण कार्य गर्न, आर्थिक तथा सामाजिक विकास र परिवर्तनमा आफु सक्षम रहेकोले पुनः जनताको काम गर्न उम्मेद्वारी रहेको बताउँदै क्षेत्र नं. १ काभ्रेका समृद्ध र पारदर्शी समाज निर्माणमा जोडबल लाग्ने बताए ।

नमोबुद्ध नगरपालिकामा भएको चुनावी सभामा बोल्दै उनले विभिन्न पार्टीका नेता कार्यकतालाई पार्टी प्रवेश गराउँदै काभ्रे क्षेत्र नं. १ मा काँग्रेसको विजयको सुरुवात भएको बताए । आफु एजेण्डाको हिसावले स्पष्ट भएको दावी गर्दै मंसिर २१ गते हुने निर्वाचनमा आफुलाई मतदान गर्न आग्रह गरे । त्यस्तै प्रदेशसभा सदस्य (क) बाट उम्मेद्वार बनेका सिबि तामाङ पनि आफु आर्थिक क्रान्तिबाट समाजको विकास गर्ने योजना सहित एक घर एक रोजगार राज्यको तर्फबाट व्यवस्था लागु गर्न उम्मेद्वार बनेका बताए । नेपाली काँग्रेस काभ्रे पूर्व कोषाध्यक्ष समेत रहेका तामाङ निकै लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियशिल रहदै आएको र समाजका विकासका पूर्वधार निर्माणका लागि आफुले योगदान पु¥याउँदै आएको बताए ।

त्यस्तै प्रदेशसभा सदस्य (ख) बाट नेपाली काँग्रेसतर्फ युवा नेता गणेश लामा उम्मेद्वार बनेका छन् । गणेश लामा निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको बताउँछ । विभिन्न राजनीतिक दलसंग आवद्ध युवा तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै चुनावी महोल तताएका गणेश लामा युवा रोगार सिर्जना गर्न र समग्र गाउँठाउँको आर्थिक विकासका एजेण्डा बोकेर जनतामाझ पुगेका छन् । आफ्नो निर्वाचन क्षे प्रदेशसभा (ख) मा युवा वेरोजगारका समस्य अन्त्य गर्न प्राकृतिक स्रोत साधनको पहिचान गरी आर्थिक रुपमा सक्षम बनाई समृद्ध समाज निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै आम मतदातालाई आफुलाई मतदान गर्न अपिल गरे । उनी लोकतान्त्रिक फोरम काँग्रेससंग एकतापछि काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका हुने भने यसअघि लोकतान्त्रिक फोरममा केन्द्रिय सदस्य रहेका थिए ।