नेपाली काँग्रेसको बैठक बस्दै

१० माघ २०७५, बिहीबार ११:३६

काठमाडौँ , प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक महासमिति बैठकपछि बस्दैछ ।

आज बस्ने बैठकमा काँग्रेसले विधान, भ्रातृ संङगठन समसामयीक राजनीतिक अवस्था र आफ्नो लिने नीति तथा कार्यक्रमबारे छलफल गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।यो बैठकबाट गत पुस ८ गते सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको विधान मस्याँैदा, राजनीतिक, आर्थिक प्रस्तावलगायतका प्रस्तावलाई पनि अनुमोदन गर्ने बताइएको छ ।मंसिर २८ गते सुरु भएर पुस ८ गते सकिएको महासमिति बैठकले परिमार्जनसहित पारित गरेका पार्टीका विभिन्न प्रस्तावहरुलाई यहि बैठकले अन्तिम रुप दिएपछि पार्टीको विधान कार्यान्वयन प्रक्रियामा जाने भएकाले पनि बैठकलाई महत्वका साथ हेरिएको छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य पनि उपस्थित हुने काँग्रेसले जनाएको छ ।संशोधित विधान बमोजिम काँग्रेसले आगामी दिनमा केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र टोलसम्म ८ तहको पार्टी संरचना निर्माण गर्नेछ ।