नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी

१४ पुष २०७४, शुक्रबार ०७:३७

पुष १४, काठमाण्डौं ।
बिहान १० वनेपालजजेदेखि शुरु नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रदेशसभा समानुपातिक सूची, सरकारले राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेशबारे छलफल सुरु भएको हो । छलफल चल्दै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा विधेयकबारे छलफल गर्न राष्ट्रपति निवास जानुपरेकाले बैठक केहीबेर रोकिएको बुझिएको छ । बैठकमा कांग्रेस सभापति देउवा, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत सहभागी छन्।् ।