नेपाली उड्डयन इतिहासमा नयाँ कीर्तिमान कायम

६ कार्तिक २०७५, मंगलवार १६:५६

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एकै दिन ५ हजार ४ सय ४० यात्रुलाई गन्तव्य पुर्‍याएर नेपाली उड्डयन इतिहासमा फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

 

बुद्धले हिजो सोमबार  ११ जहाजबाट ती यात्रु बोकेको हो । सन् १९९७ मा कम्पनी स्थापना भएयता एकै दिन यति धेरै संख्याबराबरका यात्रु बोकेको पहिलो पटक भएको बुद्धले जानकारी दिएको छ । गत आइतबार कात्तिक ४ गते ५ हजार ३ सय ७२ यात्रुलाई गन्तव्यमा पुर्‍याएर नयाँ रेकर्ड राखेको बुद्धले त्यही रेकर्ड सोमबार तोडेको हो । हामीले सोमबार ५ हजार ४ सय ४० यात्रु बोक्यौं बुद्धका बजार निर्देशक रुपेश जोशीले भने २१ वर्षअघि कम्पनी स्थापना भएर पहिलो उडान गरेयता एकै दिन यति धेरै यात्रु बोकेको पहिलो पटक हो उनले भने ।

जोशीका अनुसार अधिकांश उडान काठमाडौंबाट भएका थिए । केही उडान भने भरतपुरबाट पोखरा, भैरहवाबाट पोखरा र तुम्लिङटारबाट विराटनगरका लागि भएको थियो । बुद्धले औसत दैनिक ४ हजार यात्रु बोक्ने गर्छ ।