नेपालीलाई हटाएर भारतीयलाई रोजगारी

७ कार्तिक २०७६, बिहीबार ०९:३५

काठमाडौं , श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ ।

न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो ।

हुलासबाट कटौतीमा परेका नेपाली कामदारले नेपाली भएकैले आफूलाई नहटाउन माग गर्दै अन्तरकालिन आदेशको माग गरेका थिए ।

त्यसउपर मंगलबार पक्ष–विपक्षको बहसपछि रेग्मीले तत्काल अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेका हुन् ।

हुलासमा २५ जना भारतीय कामदार राखी आफूलाई नेपाली भएकै कारण हटाइएको उनीहरुले दावी गरेका थिए । यो समचार कान्तिपुर दैनिकमा छ ।