नेपालीलाई अफ्रिकामा ६ महिना बन्धक बनाउने पक्राउ, म्याद थप गरी अनुसन्धान

३० चैत्र २०७४, शुक्रबार १०:०१

चैत ३०, काठमाडौं ।

अमेरिकाको मन्टिपल भिसामा आकर्षक जागिर लगाइदिने भनेर टोगोमा नेपालीलाई बन्धक बनाउने एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–६ का २७ वर्षीय सुरेन भनिने मोहन श्रेष्ठ छन् ।

उनले नेपाली युवालाई मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया र बेनिन हुँदै टोगोमा पुर्‍याएर ६ महिनासम्म होटलमा बन्धक बनाएको आरोप लागेको छ ।

उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत, काठमाडौंबाट मानव बेचबिशन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।