‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

१२ मंसिर २०७६, बिहीबार १२:५८

काठमाडौं, ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । अभियन्ता बालकृष्ण न्यौपानेले शाहीलाई निकालिएको जानकारी दिए ।

सिद्धान्त नै नमिलेपछि उनलाई निस्कासन गरिएको बताइएको छ । मंसिर १ गतेदेखि अभियानको सिद्धान्तविरुद्ध गणतन्त्र र संघीयताको पक्षमा अभिव्यक्ति दिँदै हिड्न थालेपछि कुनै पनि जिम्मेवारीमा नरहनेगरी निस्कासन गरिएको बताइएको छ ।

अभियानले राजतन्त्रका बारेमा वकालत गर्दै आएको थियो । तर शाहीले पछिल्लो समय राजतन्त्र विरोधी र गणतन्त्रको पक्षमा बोल्न थालेपछि निस्कासन गरेको सार्वजनिक गरिएको निर्णयमा उल्लेख छ ।

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।