नेपालगंजमा थप छ जनामा कोरोना पोजेटिभ, एकै दिन १५ जनामा देखियो संक्रमण

२१ बैशाख २०७७, आईतवार २०:२४

काठमाडौं । आइतबार मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।  

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । 

बाँकेको नेपालगञ्ज भाइरसको नयाँ हटस्पट बन्दै गर्द नेपाल भर ७५ जनामा भाइरसको संक्रमण देखिएको छ।

नयाँ भेटिएका छ जना संक्रमित सबै नेपालगञ्जकै बासिन्दा रहेको जनाइको छ। संक्रमितहरुमा १६,२१ र ३४ वर्षका तीन पुरुष र ४०,५५ र ६० वर्षीया तीन महिला छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्राालयले जनाएको छ।