“नेपालको सिस्टमभित्र बिरामी छन्”, “बाहिर होइन”: ओनसारी

७ पुष २०७४, शुक्रबार १०:३४

मन्जिल कन्दङ्वा
पुस ७, काठमाडौं ।

राजधानीमा  “सुरक्षीत युवा आप्रवासन अवस्था र सरोकारवालाको भूमिका” सम्बन्धि जाग्रिती बाल तथा युवासरोकार नेपाल’ र ‘करितास नेपाल’ले गोदावारीमा गरेको कार्य अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


यसैगरी कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका युवा मानव अधिकारकर्मी तथा वैदेशिक रोजगारको विशेषज्ञ बिष्णु खत्रीले भने,“नेपालमा अशक्तहरुका संख्या बढ्नुको एक मुख्य कारण वैदेशिक रोजगार पनि हो ।” यसैगरी नेपालमा औसतमा दैनिक पाँचवटा लास आउने गरेको पनि उनले बताए । भूकम्पपछि चाँडै ध्वस्त घरहरु पुनः निर्माण हुनुमा वैदेशिक रोजगारले ठूलो भूमिका खेलेको पनि उनले बताए । वैदेशिक रोजगारले नकारात्मक कुराको साथमा धेरै सकारात्मक कुराहरु पनि नेपालमा भित्र्याएको पनि उनले बताए । कतिपय वैदेशिक रोजगारमा जाने युवायुवतीहरुले आफूले काम गरेको ठाउँको नामसम्म भन्न नसक्ने गरेको नमिठो अनुभव पनि उनले बताए । उनले वैदेशिक रोजगारमा जानेहरुलाई उपस्थित सम्पूर्ण महानुभावहरुलाई आ–आफ्नो ठाउँबाट यथासक्दो असल व्यवहार गर्न पनि आग्रह गरे ।

यसैगरी विशेष अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङगेलले राष्ट्रका दक्ष जनशक्ति युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्नलाई एकमात्र उपाय देशमा रोजगारको सृजना गर्नुपर्ने बताए । यसका साथै नेपालको कृषि क्षेत्रमा आधुनिक टेक्नोलोजी भित्र्याउन पनि जरुरी रहेको उनले बताए ।


यसैगरी प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगकोतर्फबाट उपस्थित मोहना अनसारीले नेपालबाट हुने मानव तस्करीमा विदेश मन्त्रीसम्मको संलग्न रहेको बताउँदै भने, “नेपालको सिस्टमभित्र बिरामी छन् बाहिर होइन ।” आफूले जानेको सिप नेपालमै सदुपयोग गर्नु हेय देखाउनालेनै वैदेशिक रोजगारमा जाने युवायुवतीहरुको संख्या बढेको पनि उनले बताइन् । हातमा उतकृष्ट सर्टिफीकेट भएता पनि वेरोजगारी भएर बस्नुपर्ने बाध्यता रहेको देशको तितो–सत्य पनि उनले बताईन् ।


यसैगरी अध्यक्ष तिलोत्तम पौडेलले भने आगामी दिनहरुमा संस्थाले विभिन्न क्लबहरु गठन गर्दै संस्थालाई अगाडि बढाउने बताए ।

यसैगरी कार्यक्रममा कार्यक्रमका संयोजक करीतास नेपालबाट सिलभिया राई, सुरक्षित वैदेशिक रोजगार राष्ट्रिय संजालकातर्फबाट सिद्धि चन्द्र बराल, परामर्शदाता करीतास जर्मनीका पुकार क्षेत्री, आदिको उपस्थिती थियो ।