नेपालको द्वन्द्वकालीन मुद्दा मिलाउन नेकपा र कांग्रेस नेता बैंककमा

१० मंसिर २०७५, सोमबार १५:४८

काठमाडौं

नेपालको संक्रमणाकालीन मुद्दा समाधान गर्न नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका नेता थाइल्यान्डको बैंकक पुगेका छन्। स्वीस सरकारको आर्थिक सहायतामा भएको बैठकमा संक्रमणकालीन न्यायमा देखिएको राजनीतिक मतभेद हल गर्न प्रयास हुनेछ।

दलहरु र द्वन्द्व पीडितहरुबीच सहमति नहुँदा मणकालीन न्यायसम्बन्धी कानुनमा सहमति जुट्न सकेको छैन। त्यसले गर्दा नेपालको शान्ति प्रक्रियाले पूर्णता पाइसकेको छैन।बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, नेकपाका नेताहरु भीम रावल, जनार्दन शर्मा र हरिबोल गजुरेल सहभागी छन्।प्रमुख विपक्षी नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन्।