नेता रिजालको प्रश्नः नेपाली चेलीले भारतमा अगिंकृत नागरिकता पाउन ७ बर्ष पर्खनुपर्ने तर नेपालमा विदेशबाट आउने बित्तिकै नारिकता दिईहाल्नुपर्ने ?

९ असार २०७७, मंगलवार ०९:४०

काठमाडौ , नेकपाका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले नेपाली चेलीले भारतमा अगिंकृत नागरिकता पाउन ७ बर्ष पर्खनुपर्ने तर नेपालमा विदेशबाट आउने बित्तिकै नारिकता दिईहाल्नुपर्ने भन्दै प्रश्न उठाउनु भएको छ ।
कांग्रेस र मधेशबादी दलहरुले एक हातमा सिन्दुर अर्को हातमा नागरिकताको कुरा गर्नु भनेको नेपाल आमामाथीको प्रहार भएको उहाँको भनाई छ । उहाँले मधेशबादी नेताहरुलाई नेपालको भन्दा पनि भारतबाट आउने महिलाहरुको बढी चिन्ता लागेको बताउनु भयो । उहाँले कांग्रेस र मधेशबादी नेताहरुलाई राष्ट्रियताको माया नभएको तर्क गर्नु भयो ।