नेताहरुलाई नचाउने व्यापारी हुनः मन्त्री यादव

२१ भाद्र २०७५, बिहीबार १६:१३

 

काठमाडौं– उद्योगमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको व्यापारिक प्रबृत्तिप्रति खुलेर आलोचना गरेका छन् । काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै

मन्त्री यादवले उद्योगीहरुमा व्यापारिक प्रवृत्ति हावी भएकाले नाफातिर बढी केन्द्रित भएको आरोप लगाए ।

 

अहिलेका उद्योगीहरु नेतालाइ नचाउने खालका छन । आफुजस्तो फुच्चे मन्त्रीलाई कुनै उद्योगी व्यापारीले नटेर्ने गुनासो गरे ।
कतिपय उद्योगी व्यवसायी ऐन कानुनदेखि डराउने गरेको भन्दै उनले भने स्वच्छ र इमान्दार उद्योगी व्यवसायी कसैसँग पनि डराउन पर्दैन । इमान्दारका साथ काम गर्नेहरुलाई सरकारले पनि कदर गर्छ ।

सोही कार्यक्रममा मन्त्री यादवले पत्रकारको पनि खुलेर आलोचना गर्न भ्याय । उनले
पत्रकारलाई नकारात्मक समाचार नलेख्न पनि आग्रह गरे ।