नेताहरुको भड्किलो जीवन शैली

२३ श्रावण २०७६, बिहीबार १४:५२

बिष्णुप्रसाद शर्मा

लोकतान्त्रिक ब्यवस्थामा नेताहरूको जीवन शैली बदलिएको छ तर जनताको जीवन शैलीमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । यो लोकतन्त्रले जनतालाई के दियो ? जनता भोकै छन , बेरोजगार युवाहरु देशमा अवसर नपाएर खाडीमा तातो घामसंग खेलिरहेका छन । नेताहरु आफनो ढुकुटी भरेर पनि थाकेका छैनन् । धेरै जसो नेताहरुका घर , घडेरी , गाडी र अकुत सम्पति छ । यो बारेमा चासो र निगरानी नागरिकले आफै गर्नु पर्ने आबश्यकता देखिएको छ ।

देशका नेताहरु बिदेशको महँगो होटलमा बसेर फर्किने गर्छन । जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषमा बम्रलुट गर्न कसैलाई छुट छैन । अहिलेको अवस्था हेर्दा अत्यन्तै निराशाजनक छ । यो अवस्था र ब्यवस्थाले देश चल्न सक्दैन । देश गरिव हुदै जाने नेताहरु धनि बन्दै जाने यो परम्पराले देश उभो लाग्न सक्दैन । अव नेताहरुको सम्पति छानविन हुनु पर्छ । लोकतन्त्रको नाममा लुटतन्त्र हावी हुदै गएको छ । केन्द्र , प्रदेश देखि स्थानीय तह सम्म चरम भ्रष्टाचार बढेको समाचारहरु आइरहेका छन । अव जनता जाग्नु पर्छ । जनता नजागे सम्म देशमा बम्र लुट चलिरहन्छ । यो रोक्नका लागी पनि जनता जाकरुप हुनु पर्छ । देश बचाउन देशभक्त नेपालीहरु एकजुट हुनु पर्ने आबश्यकता छ । देशको अर्थतन्त्र नाजुक छ । महंगीले आकाश छोएको छ । तरकालीको भाउ देखि सुन सम्म आकाशिएको छ । संघीयताले देश टाँट पल्टिने अवस्था देखिदै छ । बडा देखिका जनप्रतिनिधि , कर्मचारी , जनताको करबाट पाल्नु परेको छ । कर बढेर जनताको ढाड सेकिएको छ । जनताले राज्यलाई कर मात्र तिरिरहने तर राज्यबाट सेवा सुविधा नपाउने ? जनताले यो संघीयताबाट के पाए ? नेताहरुले जनतालाई जवाफ दिनु पर्छ । चित्र बहादुर केसीले भने जस्तो संघीयता घाँडो हुदैछ । भोलीको दिन त्यति आश लाग्दो देखिदैन । देश बिदेशिको एजेन्डामा चलाइएको छ । यसरी देश अघि बढन सक्दैन ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा समेत नेताहरुको बिरोध भइरहेको छ । नेताहरुको जीवन शैली भडकिलो भयो । नेपालका अधिकांश राजनीतिक नेताहरूको जीवन शैली हेर्दा जनता आर्कोशित छन । यो आर्कोश बिष्फोट भयो भने कोही नेता बाँकी रहने छैनन् । हिजो चप्पल लगाउन राम्रो संग नसक्नेले आज राजनीतिको आडमा अकुत सम्पति जोडेको छ । यो देश र जनताका लागी शुभ संकेत पटक्कै होइन । यसले देशलाई घाटा गरिरहेको छ ।

विधिको पालन राज्य सञ्चालनको सबैभन्दा पहिलो र अपरिहार्य सर्त हो । विधिको पालना गर्ने , गराउने मुख्य दायित्व सरकारको हुन्छ । सरकारले विधिको पालना गरेको छ की छैन भन्र्ने प्रश्न उठेको छ । देशमा नेकपाको सरकार छ । यो सरकारले जनतालाई राहत दिन सकेको छैन ।