नेकपा सचिवालय बैठक सम्पन्न

१६ कार्तिक २०७६, शनिबार १८:५०

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा छलफल गरेको हो । आइतबार बस्ने सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको चयन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।