नेकपा माओवादी केन्द्रका नेता सोपेन्द्र यादवको घाँटी रेटेर हत्या

२३ बैशाख २०७५, आईतवार १०:४१

वैशाख २३, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का एक स्थानीय नेताको घाँटी रेटेर हत्या गरिएको बताइएको छ । सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको घाँटी रेटेर हत्या गरिएको प्रहरीले बताएको छ ।

शुक्रबार राति यादव घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

नेता यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रले यादव आफ्ना स्थानीय सक्रिय नेता भएको बताउँदै घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरेको छ । प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको बताएको छ ।