नेकपा भित्रको बिवाद र समस्या समाधानका उपाय

६ पुष २०७५, शुक्रबार १३:२८

नेत्रबहादुर लिम्वु

नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखापरेको वैचारिक, राजनीतिक बिवादले संकट देखिएको छ ।कुनै पनि पार्टी एक हुनका लागि विचार, सिद्धान्त अनि कार्यशैलीमा एकरूपता हुन जरुरी छ । जहाँ पार्टीका दर्शन र कार्यशैली फरक हुन्छ त्यो पार्टी जतिसुकै बलियो छ भने पनि भ्यागुत्ताको धार्नीमा परिणत भएरै जान्छ । त्यो उदारण संसारका धेरै देशहरूमा लागू भइसकेको छ । नेपालको इतिहासमा पनि ०४८ सालपछि अस्तित्वमा आएका नेपालका अधिकांश राजनीतिक दलहरू त्यस रोग र प्रवृित्तले संक्रमित भई थला पारेका छन् ।नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, नेकपा माओवादी वैद्य समूह, विप्लव, मधेसवादी दलहरूदेखि संसद्मा पुगेका  दलहरूले समेत विभाजनको पीडा भोगिसकेका छन् । विभाजनको पीडाले दलहरू आत्म आलोचनासहित एक हुन पुगे । कोही जुटेका छन्, कोही फुटेका छन् ।

जनताको भावनामाथि आघात पुर्याउने र व्यक्तिगत स्वार्थमा लागेर शक्तिको दुरूपयोग गर्दै देशमा अस्थिरता सिर्जना गर्ने देशीय र विदेशी दुवै शक्ति लागिपरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा सबैभन्दा ठूलो समस्या सत्तारुढ नेकपामा देखा परेको छ । नेकपाभित्र हावी भएका दुई तत्वहरूका कारण सरकार सञ्चालनमा ठूलो समस्या देखिएको छ ।केही दिनअघि स्थायी समिति बैठकमा नारायणकाजीले प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि देखाउँदै बैठक बहिष्कार गरेपछि समस्या सुरु भएको देखिन्छ । मंसिर २२ को सचिवालय बैठक बिनाकारण बहिष्कार गरेर हिँडेका चार नेतामध्येका एक वामदेव गौतमले शनिबारबाट सुरु भएको स्थायी कमिटीकोे बैठकमा अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रतिवेदनलाई चुनौती दिँदै प्रतिवेदन पेस गरे । यसले नेकपाभित्र हलचल पैदा ग¥यो । त्यसपछि सरकार सञ्चालनमा त्रुटि देखाउने काम पार्टी भित्रबाट भयो ।उता निर्मला हत्या काण्डलाई विपक्षी दल नेपाली कांग्रेसले प्रमुख मुद्दा बनाउदै छ । पार्टीको भावी अध्यक्ष वा प्रधानमन्त्री बन्ने दाउमा रहेका वरिष्ठ नेता माघवकुमार नेपालले कसरी ओलीलाई विस्थापित गरी पार्टीको बागडोर हातमा पार्ने दाउमा छन् ।पार्टीको सबै संरचनाले एकताको पूर्णता नपाइसकेको वेला वामदेव, केपी र माधवलाई कमजोर बनाएर पार्टीमा कसरी हावी गर्ने र सत्तामा गएर दुईतिहाइको बलमा संविधान संशोधन गरी कार्यकारी राष्ट्रपति बनी लामो समय सत्ताको रस लिने भन्नेमा देखिन्छन् अर्का अध्यक्ष दाहाल । यस्तै, आन्तरिक स्वार्थका कारण आज नेकपा भित्र ठूलो समस्या देखिएको छ ।देशी विदेशी शक्ति नेपालमा कम्युनिस्ट सरकार बलियो भएको देख्न चाहाँदैन । चीन र सिमा जेडिएको नेपालमा कम्युनिस्टको सरकार रहि रहे भारत र चीन विरोधी गतिविधी गर्न गाह्रो हुने भएकाले दक्षिणपन्थी र पश्चिमा शक्ति नेपालमा कम्युनिस्ट सरकार नरहोस् भन्ने चाहन्छ । यो नेपालको बाह्य समस्या हो ।¬आज आफ्नै सरकारका विरुद्ध नेताहरू लागीरहेका छन । पार्टी र सरकारका बिचमा तालमेल नहुँदा केही पार्टीलाई जनताबाट अलग बनाउने मिशनमा लागेका छन् । सरकारलाई असफल बनाउन चौतर्फी आक्रमण भएको छ । त्यसलाई सत्तासीन दलबाटै प्रतिरक्षा भएको छैन । नत सरकारले गरेका राम्रा कामका बारेमा जनतामा सन्देश पुर्याइएको छ ।नेकपाभित्र र सरकार सञ्चालनमा देखा परेका विविध समस्याका कारण प्रतिक्रियावादीहरू सलबलाउँदै छन् । दहरूले हिजो नेपालको स्वतन्त्रता, समुन्नति र विकासविरोधी राजसंस्था हो भन्दै जनतालाई राजतन्त्रविरुद्ध उतारे । जनता प्रहरी, सेना र राजाकाविरुद्ध जाई लागे । देशमा लोकतन्त्र हुँदै गणतन्त्र आयो । जनताको बलले पाखा लागेका दरबारिया, प्रतिगामी तथा पुर्नरुथ्थानवादी शक्तिहरू फेरि राजा आउ देश बचाउ भन्दै हिँडेका छन् ।राजनीतिक लडाइले उनीहरूको मनोबल बलियो हुँदैछ । त्यसमा नेकपाको साथै कांग्रेसको आन्तरिक झगडाले बल पुर्याउँदै छ । त्यसैले कांग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने र रचनात्मक प्रतिपक्षको भूमिकामा रहनु आवश्यक छ ।सरकार र पार्टीको नेतृत्व गरिरहेका ओलीको नियोजित विरोध भइरहेको छ । पार्टीका नेता वामदेव गौतमले स्थायी समितिमा पेस गरेको प्रतिवेदन र सचिवालय बैठक छाडेर हिँडेका मध्ये नारायणकाजी श्रेष्ठ बाहेक, माधवकुमार नेपाल र झलनाथ खनालको समर्थन रहेको नेकपाका नेताहरू स्वयं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध घेराबन्दीमा लागेका नेपाल, खनालकै इसारामा गौतमले प्रतिवेदन पेस गरेको पनि आशंका व्यक्त गरिएको छ ।०५४ सालमा नेकपा एमालेलाई विभाजन गरेका गौतम कम्युनिस्ट आन्दोलनको एकतामा फेरी खलनायकी देखाउने हुनकी भन्ने आशंका पार्टीभित्रै गरिन थालेको छ । पार्टीभित्र बढी महत्वाकांक्षी पद र प्रतिष्ठाका लागि पार्टीसमेत फुटाउन सक्ने गौतमले दाहाल, नेपाल र खनालको गोटी बनेर पार्टीको साथै कम्युनिस्ट पार्टीलाई नै तहसनहस पार्ने हुनकी भन्ने चिन्ता बढ्नुलाई अन्यथा लिइँदैन ।तर, जुन समयमा फरक दस्तावेज पेस भएको छ, त्यो स्वाभाविक छैन । पार्टीको नेतृत्वमा सरकार गठन भएको नौ महिना भएको छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको घोषणा सँगसँगै विस्तारै गति लिन थालेको अवस्थमा एक ढिक्का भएर जान छोडेर अलग समूह खडा गर्नु पार्टी एकता वास्तविक अर्थमा सम्पन्न नभएकै हुनेछ । एकातिर पार्टी एकता ढिलो भयो भन्ने अर्कोतिर पाटीभित्रै वैधानिक गुटबन्दी गर्नु विरोधाभाषपूर्ण हुनेछ ।