नेकपा बैठक केहीबेर बसेर स्थगित, बाढी पहिरो पीडितको उद्धार र राहतमा खटिने निर्णय

६ श्रावण २०७७, मंगलवार १५:०४

काठमाडौं , आज मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएको छ । अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताउनु भयो । उहाँका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ ।