नेकपा नेता झक्कु सुवेदीको नर्भिकमा मुटुको शल्यक्रिया

१९ कार्तिक २०७६, मंगलवार १२:४७

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता झक्कु सुवेदीलाई हृदयाघात भएको छ । हृदयाघात भएपछि सोमबारै थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको मुटुको शल्यक्रिया गरिएको छ । नर्भिक अस्पतालको आइसियुमा उपचाररत सुवेदीको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्। ‘मेजर हार्टअट्याक पछि नर्भिकमा सुवेदीको उपचार गरिएको छ।

उहाँलाई सोमबार नै नर्भिकमा पुर्याइएर तत्कालै शल्यक्रिया गरिएको थियो। सोमबार बिहान दाङ हिडनु भएका नेता सुवेदी थानकोट पुगेपछि बेहोस हुनु भएको थियो । गाडीमै बेहोस हुनु भएका सुवेदीलाई सिधै नर्भिक अस्पताल पुर्याएर उपचार थालिएको थियो।