नेकपा नाम विवादमा समस्या उत्पन्न आयोगले आज निर्णय लिने

९ कार्तिक २०७५, शुक्रबार १२:३३

 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले शुक्रबार थप छलफल गर्ने बताइएको छ । बिहीबार बसेको बैठकमा नामका विषयमा विद्यमान कानूनी ब्यवस्था बारेमा छलफल भएकाले निष्कर्ष निकाल्न नसकिएको आयोगका आयुक्त ईश्वरी पौडेलले जानकारी दिए ।

शुक्रबार थप छलफल गरी नेकपाको नामबारे आयोगले निकासको बाटो दिने उनको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टीको नामका बारेमा बुधबार सम्बन्धित दलबीच भएको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भनिएको थियो । नामको बारेमा अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई हुने कानुनी व्यवस्था छ ।