नेकपा दाहाल-नेपाल समूहले आज नागरिक समूहसँग अन्तरक्रिया गर्दै

२३ पुष २०७७, बिहीबार ११:४३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूह आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दैछ । आन्दोलनमा उत्रिएको उक्त समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बृहत अन्तरक्रियालाई निरन्तरता दिएको हो । हिजो विभिन्न राजनीतिक दलसँग राजधानीको इन्द्रेणी फुडल्यान्डमा अन्तरक्रिया गरेको थियो ।दाहाल नेपाल समूहले आज अपराह्न २ बजेपछि नागरिक समुहसँग अन्तरक्रिया आयोजना गरेको हो ।