नेकपा कुनै हालतमा फुटनु हुदैनः नेकपा नेता डिलाराम आर्चाय

२८ मंसिर २०७७, आईतवार १७:४०

काठमाडौं , सत्तारुढ दल नेकपाका नेता डिलाराम आर्चायले नेकपा कुनै हालतमा फुटन नहुने बताउनु भएको छ । आज राजधानीमा संवाद क्लव नेपालले आयोजना गरेको अन्त्तर संवाद कार्यक्रममा बोल्दै नेता आर्चाले सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो, नेकपा कुनै हालतमा फुटनु हुदैन , शीर्ष नेताहरु सच्चिएर अघि बढनु पर्छ ।” नेता आचार्यले पार्टी भित्रको आन्तरिक बिवाद भने छिटै ब्यवस्थापन हुने बिश्वास ब्यक्त गर्नु भयो । सडकमा भएका बिभिन्न समूहका बिरोध प्रर्दशन प्रति लक्षित गदै नेता आर्चाले राजा आउ देश बचाउ भन्नेहरु यो ब्यवस्था बिरोधी भएको बताउदै उनीहरुको सपना पुरा हुन नदिन लोकतन्त्रवादी शक्तिहरु एक भएर जानु पर्ने बताउनु भयो । सत्तारुढ दलका नेता समेत रहनु भएका आचार्यले सरकारको काम कारवाही प्रति असन्तुष्टि समेत ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो,“ सरकार जुन गतिले अघि बढनु पर्ने थियो ,त्यस अनुसार अघि बढेको छैन । हामीले चुनावका बेला बाचा गरेका कुराहरु कार्यान्वयन हुन सकेनन् । यसले गर्दा स्वभाविक रुपमा आम नागरिकमा असन्तुष्टि बढेको छ । यहि असन्तुष्टि नै सडकमा पोखिएको हो ।”
नेपाली काँग्रेसले भोली देखि सुरु गर्ने बिरोध प्रर्दशनको बिषयमा नेता आचार्यले घुमाउरो पारामा समर्थन जनाउनु भयो । उहाँले लोकतन्त्रमा शान्तिपूर्ण सभा , जुलुश प्रर्दशन, बिरोध गर्न पाउनु पर्छ , यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भयो । नेपाली काँग्रेसले प्रतिपक्षको प्रभावकारी भूमिका भने खेल्न नसकेको आरोप लगाउनु भयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधानले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको बताउनु भयो ।
उहाँले अहिले पछिल्लो समयमा राजावादीले सडकमा गरेको प्रर्दशनले ब्यवस्था बदल्न नसक्ने र यी प्रर्दशनको कुनै अर्थ नभएको बताउनु भयो । उहाँले भन्नु भयो,“ लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो यहाँ अरु कुनै बिकल्प छैन।” सडकमा देखिएको असन्तुष्टि ब्यवस्था बिरुद्ध नभएर सरकार बिरुद्ध भएको नेता प्रधानले बताउनु भयो ।
उहाँले नेपाली कांग्रेसको भोली देशभर हुने विरोध सभा सरकारलाई सच्चिन खबरदारी मात्रै भएको र पछि आन्दोलनको आँधीबेहेरी नै सिर्जना गर्ने बताउनु भयो ।
नेता प्रधानले कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रम मात्रै भएको दाबी गर्नु भयो । ‘नेपाली कांग्रेस सरकारमा जाने हल्ला निराधार र भ्रम हो,’ कांग्रेस सरकारमा जाने हल्लाबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नु भयोे, ‘नेपाली कांग्रेस सत्तामा जाने जसरी हल्ला चलाइएको छ, यो सत्तारुढ दल नेकपा भित्रको आन्तरिक लडाइँ र भ्रम छर्ने खेल मात्र हो ।’

कांग्रेसका लागि सत्ता महत्वपूर्ण नभएको जिकिर गर्दै नेता प्रधानले जनताको आस्था र विश्वास जित्ने कुरा नै कांग्रेसका लागि महत्वपूर्ण भएको बताउनु भयो । नेकपाको सरकार प्रजातन्त्रविरुद्ध उन्मुख भएको उहाँले बताउनु भयो ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको दुष्प्रयास यो सरकारको अधिनायकवादी कदम भएको उहाँले बताउनु भयो । नेता प्रधानले सोमबार कांग्रेसले गर्न लागेको देशव्यापी विरोध प्रदर्शन सरकारको अधिनायकवादविरुद्ध केन्द्रित रहेको पनि बताउनु भयो । पूर्व रक्षा मन्त्रीसमेत रहनु भएका नेता प्रधानले देशमा अराजकता बढदै गएको पनि बताउनु भयो ।