नेकपा कार्यकर्ताले गोली हानी हत्या गरेका हुन निधि

१४ कार्तिक २०७५, बुधबार १८:३७

सर्लाही – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्ना निर्दोष कार्यकर्ता रामबिलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानेर हत्या गरेको बताएका छन ।

हत्यामा संलग्नलाई गिरफ्तार गर्नुपर्ने, पीडित परिवारलाई राहतको व्यवस्था गरिनु पर्ने, मृतकलाई सहिद घोषणा गरिनु पर्ने र घाइतेहरुको निःशुल्क उपाचारको हुनु पर्ने नेपाली कांग्रेसको माग रहेको बताउदै । उपसभापति निधिले स्थानीय प्रशासनले चासो नदेखाएको कारण रामनगरमा यो घटना भएको भन्दै घटनामा संलग्नलाई छिट्टै सार्वजनिक गरेर कारबाही नगरे कांग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिए ।

कांग्रेसले आफ्ना कार्यकर्ता मारिएको विरोधमा बुधबार सर्लाही सदरमुकाम मलंगवामा विरोध प्रर्दशन गरेको छ । विरोध प्रदर्शनमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंह जिल्ला सभापति नागेन्द्र राय, सोनेलाल साह लगायतका नेताको सहभागिता रहेको थियो ।विरोध जुलुसपछि दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांगे्सका प्रवक्ता विश्वप्रकाश शर्मा, आनन्द ढुंगाना प्रदेश नम्बर २ का ८ वटै जिल्लाका जिल्ला सभापतिहरुले सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखेरेललाइ ज्ञापनपत्र बुझाएका छन् ।