नेकपाले सचिवालय बैठक बोलायो, एमसीसीको बिषयमा छलफल हुने

३२ जेष्ठ २०७७, आईतवार ०९:०७

काठमाडौं, आज सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।   संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो । 

दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बोलाइएको बैठकमा एमसीसी, समसामयिक विषयमा छलफल हुने बताइएको छ ।