नेकपाको सचिवालय बैठक बस्दै

२७ आश्विन २०७५, शनिबार ०८:०८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । २१ गतेबाट स्थगित भएको बैठक आज बस्न लागेको हो । सचिवालयको बैठकले स्थायी कमिटिको बैठककोमिति तय गर्ने बताइएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउनेसहित समसामयिक राजनीतिक परिवेशबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । नेकपाले पार्टीका प्रदेश कमिटिको नेतृत्व चयन गरिसकेको छ ।

प्रदेशको नेतृत्व स्थायी कमिटिले छनौट गर्नु पर्ने भए पनि सचिवालय त्यसमा पनि दुई अध्यक्ष ओली र प्रचण्डको निर्णयमा भएको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही सदस्यले असन्तुष्टि जनाउँदै आएका छन् ।सरकार सञ्चालनमा पनि पार्टीमा छलफल नभएको भन्दै नेताहरु असन्तुष्ट छन् । यी विषयमा आइतबारको सचिवालय बैठकमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा वामदेव गौतमका लागि गर्ने भनिएको उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ ।