नेकपाका तीनवटै गुटका सांसदहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने

२५ श्रावण २०७७, आईतवार १०:०१

काठमाडौँ , पार्टी विभाजनको संघारमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तीनवटै गुट (ओली)(दाहाल)(नेपाल)का सांसदहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले उक्त पत्रकार सम्मेलनसँगै एकताका पक्षमा रहेका सांसद्हरूको हस्ताक्षरसमेत सार्वजनिक गर्ने र नेतृत्वलाई बुझाउने तयारी भएको ओलीनिकट सांसद् विशाल भट्टराईले जानकारी दिनु भयो ।

पार्टीमा विभाजनको खतरा बढेपछि तीनवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलन गरेका थिए। ७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे नेकपाको संसदीय दलको कार्यालयमा हुने पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने भट्टराईले बताउनु भयो । प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।