निर्वाचन आचारसंहिता विपरित सरकार विस्तार गरेकोमा निर्वाचन आयोगको ध्यानार्षण

२६ भाद्र २०७४, सोमबार १३:३६

भदौं २६, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि भदौ १४ गतेदेखि नै आचारसंहिचा लागु भएको भए पनि सरकार विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानार्षण भएको जनाएको छ ।

प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–निर्वाचन आचारसंहिचा लागु भैरहेको अवस्था छ । आयोगबाट भदौ १५ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ७ बुँदे निर्देशन दिइसकिएको छ ।

उक्त निर्देशनको बुँदा नम्बर १ मा नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने उल्लेख भैरहेको अवस्थामा आज ३ मन्त्री र १ राज्यमन्त्री नियुक्ति गर िउक्त निर्देशनविपरित मन्त्रिपरिषद् विस्तार गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको छ ।’

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनसाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा यस किसिमका कार्य नगर्न नगराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।