निर्वाचनको सघन तयारी र व्यवस्थापनमा सहयोग पुर्‍याउन प्रशिक्षण दिँदै निर्वाचन आयोग

१८ आश्विन २०७४, बुधबार ०८:४०

असोज १८, काठमाडौं । निर्वाचनको सघन तयारी र व्यवस्थापनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगले बुधबारदेखि सरोकारवाला पक्षहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

 

आयोगले आगामी मंंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा खटिनेहरुलाई बुधबारदेखि प्रशिक्षण दिन थालेको हो । पहिलो दिन बुधबार सन्चारकर्मीहरुलाई प्रशिक्षण दिँदै आयोगले आचारसंहितको पूर्णरुपमा पालना गर्दै निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सन्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

 

आयोगले निर्वाचनको तयारी द्रुतगतिमा अघि बढिरहेको बताउँदै मतपत्रको डिजाइन र छपाइ सुरु भइसकेको जानकारी गराएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै आयोगका सचिव डेगेन्द्रुराज शर्माले निश्पक्ष र धाँधलीरहितरुपमा निर्वाचन सम्पन्न गर्न आयोग एक्लैले नसक्ने भएकाले सबै सरोकार पक्षहरुलाई सहयोग पु¥याउन आग्रह गरे । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले बाँकी निर्वाचन सफलतापूर्वक सम्पन्न भएमा संविधानको कार्यान्वयन र अग्रगामी परवर्तनका लागि निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आयोगले निर्वाचनमा खटिने सबै पक्षलाई चरणबद्धरुपमा ९ ओटा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।