निर्मला हत्या प्रकरण अनिश्चितकालीन धर्ना बस्ने परिवारको घोषणा

१८ कार्तिक २०७५, आईतवार १५:२१

 

महेन्द्रनगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका छन् ।

आइतबार बिहान उल्टाखामस्थित घरमा पत्रकार सम्मेलन गरेर बुवाआमासहित परिवारले सरकारले न्याय दिन ढिलाइ गरिरहेको भन्दै साताभित्रमा छोरीका वास्तविक हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका हुन् ।

‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक हुन्छन्, की हुन्न हेर्छौँ’, पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘२५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालिन धर्ना सुरु गर्छौँ ।’