नागरिकको सहयोग नभए प्रहरीले कुनै दायित्व पूरा गर्न सक्दैनः आईजीपी खनाल

६ माघ २०७५, आईतवार १३:०५

काठमाडौं , प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको सहायताविना प्रहरीले कुनै पनि दायित्व पूरा गर्न नसक्ने बताउनु भएको छ ।आइतबार बिहान काठमाडौं प्रहरी परिसर, टेकुमा निर्मित नागरिक सहायता कक्षको उद्घाटन गर्दै उहाँले नागरिकको सहयोग नभए प्रहरीले अपराध अनुसन्धान लगायतका दायित्व पूरा गर्न नसक्ने बताउनु भएको हो ।


उहाँले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा बढी सुमधुर रहेको पनि स्मरण गराउनु भयो ।सोही अवसरमा उहाँले नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान नै सञ्चालन गर्ने घोषणा पनि गर्नु भयो ।उहाँले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना रहेको बताउनु भयो ।नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा भवन बनेको परिसरले जनाएको छ ।