नवनियुक्त मन्त्री र राज्यमन्त्रीको आज सपथग्रहण (सूचीसहित)

५ मंसिर २०७६, बिहीबार ०९:४४

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्माका अनुसार बिहान ११ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् ।

पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाउनु भएको छ । मन्त्रिमण्डल पुनर्गठनः (सूचीसहित)