नयाँ शक्ति पार्टी, नेपालको भातृ संगठनको नाम परिवर्तन

१ असार २०७५, शुक्रबार ११:२०

असार १, काठमाडौं ।

नयाँ शक्ति पार्टी, नेपालको भातृ संगठन ‘राष्ट्रिय युवा अभियान’को नाम परिवर्तन भएको छ ।

पार्टीको तेस्रो स्थापना दिवसमा आयोजित संघीय भेलाले संगठनको नाम परिवर्तन गरेर ‘युवा शक्ति नेपाल’ बनाएको हो ।

शुक्रबार संगठनको तर्फबाट पत्रकार सम्मेलन गर्दै स्थापना दिवसको अवसरमा रमेश पोखरेलको नेतृत्वमा कार्यसमिति पुनर्गठन गरिएको समेत जानकारी दिइएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा भीम पराजुली तथा महासचिवमा जीएस गुरुङ छन् । उपाध्यक्ष पराजुलीका अनुसार ७५ सदस्यीय कार्यसमिति मध्ये २० प्रतिशत मनोनित गरिनेछ ।