नयाँ शक्ति पार्टीले दोस्रो स्थापना दिवसमा काट्यो ९१ किलोको केक

३० जेष्ठ २०७५, बुधबार ०९:४६

जेठ ३०, काठमाडौं ।

नयाँ शक्ति पार्टीले दोस्रो स्थापना दिवसको अवसर पारेर युवाहरुको भेला आयोजना गरेको छ ।

राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको छ ।

२०० सय पाउण्ड( करिब ९१ किलो ) को केट काटेर कार्यक्रम शुरु गरिएको हो ।

पार्टी स्थापनाको अवसर पारेर नेपाली राजनीतिक दलहरुले काटेको सम्भवतः यो सबैभन्दा ठूलो केक हो ।

केक कार्यक्रममा सहभागीहरुलाई बाँडिएको छ ।