नयाँ वर्षसँगै पोखराका २ ठाउँमा “फ्री वाईफाई”

३० चैत्र २०७४, शुक्रबार ०७:०३

चैत ३०, काठमाडौं ।

पोखरा लेखनाथ महानगरपालिकाले पोखराका दुई ठाउँमा परीक्षणका रुपमा फ्री वाईफाई इन्टरनेटको व्यवस्था गरेको छ ।

परीक्षणको रुपमा सुरुमा पोखरा विमानस्थल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वैशाख १ गतेदेखि नै फ्री वाईफाईको व्यवस्था गरिएको महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए ।

 

‘पहिलो चरणमा परीक्षणका लागि पोखरा विमानस्थल र क्षेत्रीय अस्पतालमा फ्री वाइफाईको सुरुवात गर्नेछौं,’ मेयर जिसीले भने, ‘दुई ठाउँको रिजल्ट हेरेर १५ गतेपछि शिशुवा अस्पताल र मितेरी अस्पलमा सेवा सुरु गर्नेछौं ।’